Kathmandu Press

३५ हजार जनप्रतिनिधिका लागि एक लाख उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि एक लाखभन्दा बढी उम्मेदवारी परेको छ।
३५ हजार जनप्रतिनिधिका लागि एक लाख उम्मेदवारी

काठमाडौं, वैशाख १३ : स्थानीय तह निर्वाचनका लागि एक लाखभन्दा बढी उम्मेदवारी परेको छ।

निर्वाचन अधिकृतको कार्यालयले गएराति ११ बजेसम्म पठाएको विवरणअनुसार एक लाख चार हजार १२३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। दुर्गमका केही स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेकाले यो संख्या बढ्ने भएको छ।

देशभर ३५ हजार २२१ जना जनप्रतिनिधिका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ। त्यसका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो।

सातै प्रदेशमा परेको उम्मेदवारी:

 

प्रकाशित मिति: ०६:१६ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्