Kathmandu Press

८० हजार बढीले गराए उम्मेदवारी दर्ता (अपडेट)  

काठमाडौं, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८२ हजार वढीले मनोनयन दर्ता गरेका छन् ।आयोगले ७७...
८० हजार बढीले गराए उम्मेदवारी दर्ता (अपडेट)  

काठमाडौं, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ८२ हजार वढीले मनोनयन दर्ता गरेका छन् ।

आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको राती ८ः ४५ को अपडेट अनुसार ८२ हजार २ सय १०  जनाले मनोनयन दर्ता गरेको जनाएको हो । 

आयोगका अनुसार हालसम्म प्रमुख पदमा २३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा २४९७ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा १४४५ तथा उपाध्यक्ष पदमा १६२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी वडाध्यक्ष पदमा २० हजार १७६  जना, महिला सदस्य पदमा १३५५४, महिला दलित सदस्य पदमा १२१८१ र सदस्य पदमा २८ हजार २ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति: २१:०८ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्