११ उपमहानगरमा सत्तारुढ गठबन्धन भर्सेस एमाले, कसको प्रतिस्पर्धा को सँग ? (सूचीसहित)
देशका ११ उपमहानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले आ–आफ्ना उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बिशेषतः उपमहानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
देशका ११ उपमहानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले आ–आफ्ना उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । बिशेषतः उपमहानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ ।
हेरौ, कुन उपमहानगरमा कसको उम्मेदवारी ?
धरान उपमहानगर
प्रमुख: किशोर राई (नेपाली कांग्रेस), मञ्जु काफ्ले (एमाले)
उपप्रमुख: अइन्द्रविक्रम बेघा (माओवादी केन्द्र), पदम लिम्बु (एमाले)
इटहरी उपमहानगर
प्रमुख : हेमकर्ण पौडेल (नेपाली कांग्रेस), यमकुमार सुब्बा (एमाले)
उपप्रमुख : केशवबहादुर विष्ट (नेकपा एस), संगीता चौधरी (एमाले)
जनकपुर उपमहानगर
प्रमुख : लालकिशोर साह (जसपा), शिवशंकर साह ‘हिरा’ (एमाले)
उपप्रमुख : किशोरी साह (नेपाली कांग्रेस), रुना झा (एमाले)
जीतपुर सिमरा उपमहानगर
प्रमुख: राजन पौडे (माओवादी केन्द्र), सरस्वतीदेवी चौधरी (एमाले)
उपप्रमुख : मेघा शाही (नेपाली कांग्रेस), भोला अधिकारी (एमाले)
कलैया उपमहानगर
प्रमुख : राजेश राय यादव (नेपाली कांग्रेस),विनोद साह (एमाले)
उपप्रमुख : प्रमोदप्रसाद गुप्ता (जसपा नेपाल), रौशन प्रविन (एमाले)
हेटौंडा उपमहानगर
प्रमुख : मीना लामा (नेकपा एस), अनन्त पौडेल (एमाले)
उपप्रमुख : राजेश बानियाँ (नेपाली कांग्रेस), सुमित्रा काफ्ले(एमाले)
बुटवल उपमहानगर
प्रमुख: खेलराज पाण्डे (नेपाली कांग्रेस), बाबुराम भट्टराई(एमाले)
उपप्रमुख: चिनबहादुर गुरुङ (नेकपा एस), सावित्रादेवी अर्याल (एमाले)
घोराही उपमहानगर
प्रमुख : हेमराज शर्मा (माओवादी केन्द्र), नरुलाल चौधरी (एमाले)
उपप्रमुख: भूपबहादुर डाँगी (नेपाली कांग्रेस), मनकुमारी डिसी (एमाले)
तुल्सीपुर उपमहानगर
प्रमुख: गेहेन्द्र गिरी (नेपाली कांग्रेस), टीकाराम खड्का (एमाले)
उपप्रमुख: जोगबहादुर राना (नेकपा एस), स्यानी चौधरी (एमाले)
नेपालगञ्ज उपमहानगर
प्रमुख : प्रशान्त विष्ट (नेपाली कांग्रेस), पशुपतिदयाल मिश्र (एमाले)
उपप्रमुख : कमरुद्दिन राइ जसपा), शान्तिदेवी ढकाल (एमाले)
धनगढी उपमहागर
प्रमुख : नृप वड (नेपाली कांग्रेस), रणबहादुर चन्द (एमाले)
उपप्रमुख : शान्ति अधिकारी (माओवादी केन्द्र), कन्दकला राना (एमाले)











