६० हजार बढीले गराए उम्मेदवारी दर्ता (अपडेट)
काठमाडौं, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ६० हजार वढीले मनोनयन दर्ता गरेका छन् ।आयोगले ७७...
काठमाडौं, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ६० हजार वढीले मनोनयन दर्ता गरेका छन् ।
आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको साँझ ६ः ३० बजेसम्म ६० हजार ९ सय ५० जनाले मनोनयन दर्ता गरेको जनाएको हो ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी वडाध्यक्ष पदमा १५ हजार २५८जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७ सय ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











