Kathmandu Press

काठमाडाैंका उपमेयर उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छाैं

काठमाडौ‌‌‌, वैशाख १२ : काठमाडौ‌ं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सत्ता गठबन्धनका तर्फबाट आज कामपाको उपप्रमुखमा...
काठमाडाैंका उपमेयर उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छाैं

काठमाडौ‌‌‌, वैशाख १२ : काठमाडौ‌ं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सत्ता गठबन्धनका तर्फबाट आज कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापनको कार्य वैज्ञानिक तबरले समाधान गरिने बताए।

श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखको उम्मेदवार बनेका हुन्। श्रेष्ठको समर्थकमा प्रवेशमान बज्राचार्य र प्रस्तावकमा भीमसेन खतिवडा (विष्णु) रहेका छन्।

उनले भने, 'फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौँ, ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौँ, प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौं।' काठमाडौँ महानगरलाई दिगो व्यवस्थित सहरका रुपमा विकास गर्ने, रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, माध्यामिक शिक्षा निःशुल्क, रोजगरामुलक शिक्षा प्रदान गर्ने, भाषा, जातजाति, कला संस्कृतिको संरक्षण गरिने उनले बताए। उनले आफ्नो प्रतिबद्धता नागरिकको आशाअनुरूप भएकाले कार्यान्वयन गर्न तत्पर रहेको बताए।

राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवार दिनुभएका मदनदास श्रेष्ठले भ्रष्टाचारमुक्त महानगर बनाउने बताए। महानगरमा ज्येष्ठ नागरिक र बाल बाटिका निर्माण गर्ने, माध्यामिक शिक्षा निःशुल्क गर्ने, काठमाडौँलाई बसोबासका लागि उपयुक्त सहर बनाउने, अव्यवस्थित बसोबासका समस्यमा समाधान गर्ने र युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने बताए।

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्