भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्।नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट...
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्।
नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गर्नुभएको हो। उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए ।
दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन्।
दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेका थियो।
दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिएकी थिइन्। अधिकारी २०७४ को निर्वाचनमा महानगरको वडा २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन्। गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ।











