प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई
काठमाडाैं, वैशाख १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन्।प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनः...
काठमाडाैं, वैशाख १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन्।
प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन्।
प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल-फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।
फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।
प्रकाशित मिति: १७:१८ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











