जनकपुरधाम मेयरमा राजपाबाट लालकिशोर र उपमेयरमा कांग्रसका किशोरीकाे उम्मेदवारी दर्ता
जनकपुर, वैशाख १२ : सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा जनकपुरधाम उपमहानगर मेयरमा लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन्।लालकिशोरले जनता...
जनकपुर, वैशाख १२ : सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा जनकपुरधाम उपमहानगर मेयरमा लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन्।
लालकिशोरले जनता समाजवादी पार्टी (जसपा) बाट र किशोरी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन्।
लालकिशोर जनकपुरधाम उपमहानगरका निवर्तमान मेयरसमेत हुन्। २०७४ सालमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा विजयी भएका थिए।
तत्कालीन संघीय समाजवादी र राजपा नेपालबीच एकता भएर जसपा बनेका उनी जसपा विभाजनपछि पनि जसपा रहेका थिए ।
त्यसै गरी नेपाली कांग्रेसबाट उपमेयरमा किशोरी साहले पनि उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति: १७:०८ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











