Kathmandu Press

विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको छ : महरा

काठमाडाैं, वैशाख १२ : नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको जनाएको छ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी...
विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको छ : महरा

काठमाडाैं, वैशाख १२ : नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको जनाएको छ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताए।

उनले वैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने उल्लेख गरे। महराले बाहिर प्रचार गरिएजस्तो गठबन्धन टुट्ने अवस्था नरहेको समेत बताए।

उनले स्थानीय तहका निर्वाचनका लागि अपिल जारी रहेको र माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने बताए। त्यस्तै उनले असन्तुष्ट पक्षसंँग निरन्तर छलफल हुने जिकिर गरे।

उनले भरतपुर , तुलसीपुर लगाएतका विभिन्न स्थानमा गठबन्धनको उम्मेद्वारले उत्साहपूर्ण मनोनयन दर्ता गरेको दाबी गरे। 

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्