Kathmandu Press

वीरगन्ज मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलमकाे उम्मेदवारी

काठमाडौं, वैशाख १२ : वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका...
वीरगन्ज मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलमकाे उम्मेदवारी

काठमाडौं, वैशाख १२ : वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन्।

उनीहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूको एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनसँग रोचक भिडन्त हुनेछ। 

वीरगन्जमा एमालेका तर्फबाट विजय सरावगीले मेयरमा र लोसपाका पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए। गत फागुन २८ गते उनी एमालेमा प्रवेश गरेका हुन्।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्