Kathmandu Press

काठमाडौं महानगर मेयरका कांग्रेस नेतृ सिर्जना सिंहद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, वैशाख १२ : काठमाडौं महानगरपालिका मेयरका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दिएकी छन्। आज (सोमबार) अपराह्न राष्ट्रिय सभागृह पुगेर सिंहले...
काठमाडौं महानगर मेयरका कांग्रेस नेतृ सिर्जना सिंहद्वारा उम्मेदवारी दर्ता
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, वैशाख १२ : काठमाडौं महानगरपालिका मेयरका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दिएकी छन्। 

आज (सोमबार) अपराह्न राष्ट्रिय सभागृह पुगेर सिंहले उम्मेदवारी दर्ता गराएकी हुन्। उनी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन्।

गठबन्धनका तर्फबाट भागबन्डा गर्दा काठमाडौं मेयर कांग्रेसले पाएको थियो।  

काठमाडौंमा गठबन्धनबाट उपमेयर भने नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ। एकीकृत समाजवादीले रामेश्वर श्रेष्ठलाई उपमेयरको उम्मेदवार बनाएको छ। 

 

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्