Kathmandu Press

झापाका सबै पालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

झापा, वैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका सबै पालिकामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ।साथै...
झापाका सबै पालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

झापा, वैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका सबै पालिकामा आफ्ना उम्मेदवार टुंगो लगाएको छ।

साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ। दमक नगरपालिका मेयर पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाका प्रमुख पदमा मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ। 

पार्टीले प्रमुखमा बिर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुंगाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताए।

यी सबै पालिका उपप्रमुख माओवादी केन्द्रले पाएको छ। माओवादीले उम्मेदवार टुंगो लगाउन छलफलमा जुटिरहेको छ। 

त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाइएको सचिव हुमागाईंको भनाइ छ। 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्