Kathmandu Press

गठबन्धनका तर्फबाट बुटवलको मेयरमा पाण्डेको उम्मेदवारी

बुटवल, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरुले कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर...
गठबन्धनका तर्फबाट बुटवलको मेयरमा पाण्डेको उम्मेदवारी

बुटवल, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरुले कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हुन्।

बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। आफ्ना कार्यकर्ताका साथमा उनी उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

पाँच दलीय गठबन्धन भए पनि कांग्रेसका नेताकार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुगेका थिए। उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए।

बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उनको भनाइ छ।

गठबन्धनका तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदैछन्। यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा) ले आइतबार मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ।

पद बाँडफाँटको विषयमा गठबन्धन दलमा विवाद भएपछि कांग्रेसले एकल रूपमै मेयरसहित अन्य वडाका पदमा उम्मेदवारी दर्ता गराएको हो।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्