भरतपुर मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवारी दिने
चितवन, वैशाख १२ : चितवनको भरतपुर महानगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।दुई दलबीच आज (सोमबार)...
चितवन, वैशाख १२ : चितवनको भरतपुर महानगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
दुई दलबीच आज (सोमबार) भएको छलफलपछि तालमेल गर्ने सहमति गरेको हो। एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेदवारी दिने र एकले अर्कालाई सघाउने सहमति भएको जनाइएको छ।
भरतपुर मेयरमा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने भएका छन्। राप्रपाले उपमेयर टुंग्याउन बाँकी छ।
सहमतिअनुसार राप्रपाले महानगरका वडा १५ र २६ को वडाध्यक्ष पाउनेछ। वडा ४, ११, १६, १९ र २४ मा दुवै दलका वडाध्यक्ष उम्मेदवार रहने र मित्रवत् प्रतिस्पर्धा गर्ने जनाइएको छ।
बाँकी वडामा एमालेका वडाध्यक्षसहित राप्रपाबाट पनि सदस्य रहनेछन्।
प्रकाशित मिति: १४:१६ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











