Kathmandu Press

कांग्रेसबाट रामधुनीको मेयरमा सुदीप

सुनसरी, वैशाख १२ : सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा सत्तारुढ दल नेपाली कांग्रेसलाई सुदीप अधिकारीलाई उम्मेदवार बनाउने भएको छ। मनोनयन दर्ताको अन्तिम दिन कांग्रेसले अधिकारीलाई मेयरको...
कांग्रेसबाट रामधुनीको मेयरमा सुदीप

सुनसरी, वैशाख १२ : सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा सत्तारुढ दल नेपाली कांग्रेसले सुदीप अधिकारीलाई उम्मेदवार बनाउने भएको छ। मनोनयन दर्ताको अन्तिम दिन कांग्रेसले अधिकारीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

अधिकारी रामधुनी नगरको कांग्रेस सभापति पनि हुन्। उनी कांग्रेसको १४औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि नगर सभापतिमा निर्वाचित भएका थिए। 

यसैगरी कांग्रेसले उपमेयरमा आशाकुमारी चौधरीलाई उम्मेदवार बनाउने भएको छ। चौधरी रामधुनी कांग्रेसको नगर उपसभपाति हुन्।

मेयरका लागि अधिकारीले एमालेका शंकरलाल चौधरीसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै एमालेले उपमेयरमा तारा थापालाई उम्मेदवार बनाएको छ।
 

प्रकाशित मिति: १४:०३ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्