इटहरी उपमहानगर मेयरमा कांग्रेसबाट हेमकर्ण पौडेल उम्मेदवार

सुनसरी, वैशाख १२ : नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिका मेयर उम्मेदवार हेम कर्ण पौडेललाई बनाएको छ।
इटहरी उपमहानगरपालिका कांग्रेस सभापतिसमेत रहेका पौडेल सर्वसम्मत रूपमा उम्मेदवार चयन भएका हुन्।
पाँचदलीय गठबन्धनको भागबन्डामा मेयर कांग्रेसका भागमा पर्दा उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ।
एकीकृत समाजवादीले इटहरी उपमेयरमा केशवकुमार विष्टलाई उम्मेदवार बनाएका छन्।
प्रकाशित मिति: १३:१७ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











