Kathmandu Press

माओवादीले केन्द्रबाट घोषणापत्र नबनाउने, स्थानीय तहलाई जिम्मेवारी 

काठमाडौं, वैशाख १२ : नेकपा माअ‍ोवादी केन्द्रले  केन्द्रबाट घोषणापत्र नबनाउने भएको छ। कांग्रेससहित अन्य दलहरुले केन्द्रबाटै घोषणापत्र जारी गरेको अवस्थामा माओवादी केन्द्रले भने सम्बन्धित...
माओवादीले केन्द्रबाट घोषणापत्र नबनाउने, स्थानीय तहलाई जिम्मेवारी 

काठमाडौं, वैशाख १२ : नेकपा माअ‍ोवादी केन्द्रले  केन्द्रबाट घोषणापत्र नबनाउने भएको छ। कांग्रेससहित अन्य दलहरुले केन्द्रबाटै घोषणापत्र जारी गरेको अवस्थामा माओवादी केन्द्रले भने सम्बन्धित स्थानीय तहबाटै घोषणापत्र सार्वजनिक गर्ने भएको हो। 

स्थानीय तहको निर्वाचनका लागि माओावादीले चैत २२ मै अपिल जारी गरेको थियो।  सोही अपिलका आधारमा स्थानीय तहले आ–आफ्नै घोषणापत्र बनाउने माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन्। 

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

देशमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा केन्द्रबाट घोषणपत्र सार्वजनिक हुँदा केन्द्रीकृत मानसिकता र हस्तक्षेप गरिएको बुझिने भएकाले स्थानीय आवश्यकता र मागको आधारमा स्थानीय कमिटीले नै घोषणापत्र बनाउने माओवादी केन्द्रले जनाएको छ। यसो गर्दा स्थानीय आवश्यकताको पर्याप्त सम्बोधन हुने पनि बताइएको छ। 

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्