रोल्पाको माडीमा एमाले र कांग्रेसबीच चुनावी तालमेल
रोल्पा, वैशाख १२ : रोल्पाको माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच चुनावी तालमेल भएको छ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका चुनावी गठबन्धन...
रोल्पा, वैशाख १२ : रोल्पाको माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच चुनावी तालमेल भएको छ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका चुनावी गठबन्धन गरेका यी दुई दलले वडामासमेत तालमेल गर्ने भएका छन्। आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन्।
माडीमा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा र कांग्रेसका कृष्ण विकले उपाध्यक्षमा उमेदवारी दर्ता गरेको जनाइएको छ। सो गाउँपालिकामा ६ वटा वडा रहेका छन्।
सो गाउँपालिकामा काग्रेसले वडा २, ३ र ५ मा र एमालेले वडा १, ४ र ६ मा उमेदवारी दर्ता गराएको छ।
प्रकाशित मिति: १२:४९ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











