कांग्रेसका तर्फबाट नेपालगन्ज मेयरमा प्रशान्त विष्ट
नेपालगन्ज, वैशाख १२ : नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका मेयरमा प्रशान्त विष्टलाई उम्मेदवार बनाएको छ। गठबन्धनबीच भागबन्डा हुँदा कांग्रेसलाई सात महानगरमा मेयर उम्मेदवार भाग लागेको...
नेपालगन्ज, वैशाख १२ : नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका मेयरमा प्रशान्त विष्टलाई उम्मेदवार बनाएको छ।
गठबन्धनबीच भागबन्डा हुँदा कांग्रेसलाई सात महानगरमा मेयर उम्मेदवार भाग लागेको थियो। तमिध्ये नेपाल गन्ज एक हो। नेपालगन्जको मेयर भागमा परेपछि कांग्रेसले नेपालगन्ज कांग्रेस नगर सभापतिसमेत रहेका विष्टलाई उम्मेदवार बनाएको हो।
नेपालगन्जको उपमेयर जनता समाजवादीको भागमा परेको छ। जसपाले कमरुद्दिन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ।
प्रकाशित मिति: १२:३० बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











