Kathmandu Press

सोमबार बिहानसम्म १३ हजारले गरे मनोननय दर्ता, कुन प्रदेशमा कति? 

काठमाडौं, बैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि सोमबार बिहानसम्म १३ हजार ३८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि...
सोमबार बिहानसम्म १३ हजारले गरे मनोननय दर्ता, कुन प्रदेशमा कति? 

काठमाडौं, बैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि सोमबार बिहानसम्म १३ हजार ३८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबारदेखि मनोनयन दर्ता सुरु भएको थियो । पहिलो दिन ठूला दलहरुको तुलनामा साना र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

आयोगका अनुसार प्रदेश १ मा ९१ जनाले मेयर, ५३ जनाले उपमेयर, ८६ जनाले अध्यक्ष र ५४ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। त्यस्तै वडा अध्यक्षमा ६६१, महिला सदस्यमा ४२१, दलित महिला सदस्यमा ३०५ र सदस्यमा ९०८ गरि जम्मा दुई हजार ५७९ जनाले मनोनयन दर्ता गराएका हुन् । 

यस्तै, मधेश प्रदेशमा एक सय ९२ जनाले प्रमुख, एक सय १७ जनाले अध्यक्ष र ६९ जनाले उपप्रमुखका लागि मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा ८५, वडा अध्यक्षमा एक हजार २५, महिला सदस्यमा ६ सय ४४, दलित महिला सदस्यमा पाँच सय ९० र सदस्यमा एक हजार ३३२ गरि जम्मा चार हजार ५४ जनाले मनोनयन दर्ता गराएका छन् । 

बागमती प्रदेशमा प्रमुखका लागि मात्रै एक सय ३९ र उपप्रमुखका लागि ४० जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै, अध्यक्षमा ९९, उपाध्यक्षमा ६०, वडा अध्यक्षमा पाँच सय ५५, महिला सदस्यमा दुई सय ६३, दलित महिला सदस्यमा एक सय ५८ र सदस्यमा पाँच सय ८७ ले मनोनयन दर्ता गराएका हुन्। बाग्मती प्रदेशमा मात्रै कुल एक हजार ९०१ जनाले मनोनयन दर्ता गराएको निवाचन आयोगले जनाएको छ । 

यस्तै, गण्डकी प्रदेशमा मेयरमा ४२, अध्यक्षमा ३१, उपप्रमुखमा १७, उपाध्यक्षमा २८ र बडा अध्यक्षमा दुई सय ५० जनाले मनोनयन दर्ता गराएका छन् । महिला सदस्यमा एक सय २०, दलित महिला सदस्यमा ९४ र सदस्यमा दुई सय ८५ गरि जम्मा मनोनयन दर्ता संख्या आठ सय ६७ रहेको छ । 

आयोगका अनुसार, लुम्बिनी प्रदेशमा कुल दुई हजार ७१२ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये प्रमुखमा ८८, अध्यक्षमा ९१, उपप्रमुखमा ६२, उपाध्यक्षमा ४३, वडा अध्यक्षमा ६ सय ९५, महिला सदस्यमा चार सय २५, दलित महिला सदस्यमा तीन सय ७४ र सदस्यमा नौ सय ३४ रहेको छ । 

यस्तै, कर्णाली प्रदेशमामात्रै प्रमुखमा १८, अध्यक्षमा २४, उपप्रमुखमा १५, उपाध्यक्षमा ११ र वडा अध्यक्षमा एक सय २८ जनाले मनोनयन दर्ता गराएका छन् । भने महिला सदस्यमा ७७, दलित महिला सदस्यमा ४१ र सदस्यमा एक सय ३८ जना गरि जम्मा चार सय ५२ जनाले मनोनयन दर्ता गराएका छन् । 

सुदुरपश्चिममा ४३ जनाले प्रमुख, २८ जनाले अध्यक्ष, १२ जनाले उपप्रमुख, २२ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्। भने वडा अध्यक्षमा दुई सय ३२, महिला सदस्यमा एक सय १९, दलित महिला सदस्यमा एक सय दुई र सदस्यमा दुई सय ६३ गरि जम्मा आठ सय २१ जनाले मनोनयत दर्ता गराएका हुन् । 

यसरी सोमबार १० बजेसम्मको विवरण अनुसार, सातै प्रदेशमध्ये कुल ६ सय १३ जनाले प्रमुख, चार सय ७६ जनाले अध्यक्ष, दुई सय ६८ जनाले उपप्रमुख, तीन सय तीन जनाले उपाध्यक्ष र तीन हजार ५४६ जनाले वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । यस्तै, महिला सदस्यमा दुई हजार ६९, दलित महिला सदस्यमा एक हजार ६६४ र सदस्यमा ४४७ गरि जम्मा १३ हजार ३८६ जनाले मनोनयन दर्ता गारइसकेको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्