एकीकृत समाजवादीले टुंग्यायाे महानगर र उपमहानगर उम्मेदवार, कहाँ काे ?
गठबन्धनबीच भागबन्डा गर्दा एकीकृत समाजवादीलाई एक महानगरमा मेयर, एक महानगरdf उपमेयर तथा एक उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर परेको थियो।
काठमाडाैं, वैशाख १२ : नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका लागि उम्मेदवार टुंगो लगाएको छ।
आज (सोमबार) बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पाँच दलीय गठबन्धनबाट पाएका महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको महासचिव वेदुराम भुसालले जानकारी दिए।
गठबन्धनबीच भागबन्डा गर्दा एकीकृत समाजवादीलाई एक महानगरमा मेयर, एक महानगरdf उपमेयर तथा एक उपमहानगरमा मेयर र तीन उपमहानगरमा उपमेयर परेको थियो।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई बनाएको छ।
सो पार्टीले हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार मीना लामालाई बनाएको छ।
त्यसैगरी तीन उपमहानगर उपमेयरमध्ये इटहरीमा केशवकुमार विष्ट‚ बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुरमा जोगबहादुर राना मगर उम्मेदवारका रुपमा चुनिएका छन्।











