Kathmandu Press

प्युठानको झिमरुकमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन

काठमाडाैं, वैशाख १२ : प्युठानको झिमरुक गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुने भएको छ।सत्ता गठबन्धन दलबीच सहमित कायम हुन नसकेपछि पछि...
प्युठानको झिमरुकमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन

काठमाडाैं, वैशाख १२ : प्युठानको झिमरुक गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुने भएको छ।

सत्ता गठबन्धन दलबीच सहमित कायम हुन नसकेपछि पछि माओवादी केन्द्र एमालेसँग गठबन्धन गर्न पुगेको हो।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच सहमति हुन नसक्दा गठबन्धनबाट अलग भएर गठबन्धन गर्नुपरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।   

नयाँ गठबन्धन बनेपछि त्यहाँ माओवादी केन्द्रबाट पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन्।

माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएपछि त्यहाँ जनमोर्चा र कांग्रेसबीच मात्र तालमेल हुने भएको छ। जसअनुसार जनमोर्चाबाट अध्यक्षमा टीकाबहादुर जिसी र कांग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेल उम्मेदवार बनेका छन्।

यसअघि त्यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनमोर्चा विजयी बनेको थियो। 

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्