Kathmandu Press

ललितपुरमा फेरि चिरिबाबु 

सोमबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले ललितपुरको उम्मेदवार टुंगो लगाएको हो।
ललितपुरमा फेरि चिरिबाबु 

काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले ललितपुरको उम्मेदवार टुंगो लगाएको हो। बैठकबाट चिरिबाबु महर्जनलाई पुनः मेयरको टिकट दिने निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्। 

महर्जन हाल ललितपुर महानगरपालिकाका मेयर छन्। 

त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्