Kathmandu Press

कांग्रेसले सिर्जना सिंहलाई बनायाे काठमाडौं महानगर मेयर उम्मेदवार 

काठमाडौंमा नेकपा एमालेले केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।  
कांग्रेसले सिर्जना सिंहलाई बनायाे काठमाडौं महानगर मेयर उम्मेदवार 

काठमाडाैं, वैशाख १२ : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) बसेको संसदीय समितिको बैठकले उनलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमानसिंहकी पत्नी हुन्। 

गठबन्धनका तर्फबाट भागबन्डा गर्दा काठमाडौं मेयर उम्मेदवार बनाउने जिम्मा कांग्रेसले पाएको थियो।     

काठमाडौंमा नेकपा एमालेले केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।  

प्रकाशित मिति: ११:५० बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्