पोखरा महानगरमा एमाले उम्मेदवार : मेयरमा कृष्ण थापा, उपमेयरमा मञ्जु गुरुङ
काठमाडौं, वैशाख १२ : नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको छ।आइतबार साँझ एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले महानगरको मेयरमा...
काठमाडौं, वैशाख १२ : नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको छ।
आइतबार साँझ एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले महानगरको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पोखरा महानगरको मेयरमा यसअघि दीपक पौडेललाई उम्मेदवार बनाउने चर्चा थियो। शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो।
आलोचना भएपछि केन्द्रले थापालाई टिकट दिने निर्णय गरेको हो। मेयर उम्मेदवार थापा र उपमेयर उम्मेदवार गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन्।
थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।
प्रकाशित मिति: ११:११ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











