रामेछाप र नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्ने, नुवाकोटमा माओवादी-नेकपा एसको गठबन्धन
दलहरुबीच भागबन्डा मिल्न नसकेपछि रामेछाप र नुवाकोटमा कांग्रेस एक्लै निर्वाचनमा जाने भएको हो।
काठमाडाैं, वैशाख १२ : देशभर नै गठबन्धन गरेर स्थानीय चुनाव लड्ने निर्णय गरेको नेपाली कांग्रेस रामेछाप र नुवाकोटमा एक्लै निर्वाचनमा जाने भएको छ। दलहरुबीच भागबन्डा मिल्न नसकेपछि रामेछाप र नुवाकोटमा कांग्रेस एक्लै निर्वाचनमा जाने भएको हो।
एक्लै निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले रामेछापका ८ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार समेतको टुंगो लगाएको छ । कांग्रेसले रामेछाप नगरपालिकाको प्रमुखमा लवश्री न्यौपाने र उपप्रमुखमा सुशीला लामा, मन्थली नगरपालिकाको प्रमुखमा विनोद कार्की र उपप्रमुखमा यशोदा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ ९खड्का०, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का ९दिनेश ० र उपाध्यक्षमा उषा कार्की, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितबहादुर कटुवाल र उपाध्यक्षमा सावित्रा सुनुवारलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगर, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेतीले उम्मेदवारी दिने भएका छन् । त्यस्तै सुनापति गाउँपालिकाको अध्यक्षमा कमान खड्का ९दिपेन्द्र० र उपाध्यक्षमा शान्ति लामालाई उम्मेदवार बनाइएको छ ।
यसैगरी नुवाकोटमा कांग्रेसले उम्मेदवारको टुंगो भने लगाइसकेको छैन। नुवाकोटमा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्र गठबन्धन गर्ने भएका छन्।
यी दुई दलले नुवाकोटका १० स्थानीय तहमध्ये ९ वटामा तालमेल गर्ने र तादी गाउँपालिका मित्रवतरुपमा प्रतिपर्धा गर्ने निर्णय गरेका छन्। उनीहरुले तालमेल गरेका ९ स्थानीय तहको भागवण्डा पनि गरिसकेका छन्।












