Kathmandu Press

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

बागलुङ, वैशाख १२ : बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन्। सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)...
बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

बागलुङ, वैशाख १२ : बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन्। 

सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ।

कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताए।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ।

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने शर्माले बताए।  

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको उनले जानकारी दिए । वडाध्यक्ष तथा वडासदस्यको बाँडफाँट पनि भएको छ। जिल्ला समन्वय समितिसमेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो।

जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो।

प्रकाशित मिति: १०:३१ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्