Kathmandu Press

गठबन्धनको बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडाैं, वैशाख १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै छन्। सत्ता गठबन्धनको बैठक लगत्तै प्रचण्डले पार्टी...
गठबन्धनको बैठक लगत्तै पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडाैं, वैशाख १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै छन्। सत्ता गठबन्धनको बैठक लगत्तै प्रचण्डले पार्टी मुख्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन तयारी तथा पार्टीको योजना र रणनीतिबारे धारणा सार्वजनिक  गर्न पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

 

 

प्रकाशित मिति: १०:१८ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्