Kathmandu Press

पोखरा र विरानगरमा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमालेले कास्कीको पोखरा र मोरङको विराटनगर महानगरपालिकामा कृष्ण थापा र सागर थापालाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
पोखरा र विरानगरमा एमालेले टुंग्यायो उम्मेदवार

काठमाडाैं, वैशाख १२ : आसन्न स्थानीय निर्वाचनका लागि कास्कीको पोखरा र मोरङको विराटनगर महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। मनोनयन दर्ताको अन्तिम दिन एमालेले दुवै महानगरको उम्मेदवारको टुंगो लगाएको हो।

पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ । यसअघि सचिवालय बैठकले मेयरमा सिफारिस गरेका दीपक पौडेलको  सुन सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले उनको स्थानमा कृष्ण थापालाई उम्मेदवार बनाएको हो।

यता, सत्ता गठबन्धनको तर्फबाट पोखराको मेयरमा समाजवादीका धनराज गुरुङ उम्मेदवार बन्ने छन् ।

यसैगरी एमालेले विराटनगर महानगरपालिको मेयरमा नगर कमिटी अध्यक्ष सागर थापालाई उठाउने निर्णय गरेको छ। विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए ।

एमालेले उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने भएकाे छ।

यता, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले विराटनगरको मेयरको उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।

 

 

 

प्रकाशित मिति: ०९:४४ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्