Kathmandu Press

क्रिस्चियानो रोनाल्डोको ७०० औं गोल

पोर्चुगल र युभेन्टसका फर्वार्ड क्रिस्चियानो रोनाल्डोले किर्तिमान बनाउने वा तोड्ने कुनै महत्त्वाकांक्षा नभएको बताएका छन्। फुटवल यात्राको ७०० औं गोल गर्दै रोनाल्डोले किर....

क्रिस्चियानो रोनाल्डोको ७०० औं गोल

पोर्चुगल र युभेन्टसका फर्वार्ड क्रिस्चियानो रोनाल्डोले किर्तिमान बनाउने वा तोड्ने कुनै महत्त्वाकांक्षा नभएको बताएका छन्। फुटवल यात्राको ७०० औं गोल गर्दै रोनाल्डोले किर्तिमान स्वाभाविक रूपमै आउने बताए।

युरो २०२० का लागि कियभमा गत सोमबार भएको क्वालिफाइङ्ग खेलमा रोनाल्डोले मध्यान्तरपछि युक्रेनविरूद्ध पेनाल्टीमा गोल गरे।

३४ वर्षिय सुपरस्टार रोनाल्डोले १२ यार्डबाट कुनै गल्ती गरेनन्। तर खेल भने जित्न सकेनन्। सन् २०१८ को विश्वकपपछि पोर्चुगलले पहिलो पटक हार बेहोर्नुपरेको हो।

Hardik ivf

पोर्चुगलको हारले किर्तिमानी ७०० औं गोलको कोशेढुंगा पुग्ने थोरै खेलाडीमा दरिएका रोनाल्डोलाई मिश्रित अनुभव गराएको छ।

“सबै खेलाडी यो सफलतामा पुग्नै सक्दैनन्,” सञ्चारकर्मीलाई उनले भने, “मलाई आजको खेलाडी बनाउन सहयोग गर्नुहुने टिमका साथी, सहकर्मी र कोचहरूलाई धन्यवाद दिन चाहन्छु। हामीले जित्न सकेनौं, त्यसमा मलाई दुःख लागेको छ तर टिमप्रति गर्व लागेको छ।”

व्यक्तिगत उपलब्धिबारे प्रतिक्रिया दिदैं रोनाल्डोले भने, “मैले कतिवटा किर्तिमान बनाएको छु? मलाई थाहा छैन। मलाई प्रत्येक क्षणको आनन्द लिनुपर्छ। यो प्रभावशाली स्थानसम्म पुग्न मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुपर्छ।”

रोनाल्डोले भने, “यो मैदानमा अन्तिम पटक खेल्दा मैले च्याम्पियन्स लिग जितेको थिएँ। त्यो अतितको एउटा सुन्दर क्षण हो। आज हामीले राम्रो खेल्यौं तर जित्न सकेनौं।”

उनले किर्तिमानहरू स्वाभाविक रूपमै आउँने बताउदै आफु त्यसको पछि नलाग्ने बताए। “किर्तिमानरहरू मलाई नै खौज्दै आउँछन्। मलाई त्यसको कुनै महत्त्वाकांक्षा छैन। आफैं हुन्छन्”, उनले भने।

अन्तिम पाँच खेलमा जित हात पार्दै सबै प्रतिस्पर्धामा १३ ओटा अपराजित खेल खेलेको पोर्चुगलले समूह बिको शीर्षस्थानमा रहेको युक्रेनसँग सोमबार खेलेको हो। युरोपियन र नेसन्स लिग च्याम्पियन रहेको पोर्चुगल खेल शुरू भएको आधा घण्टामा दुई गोलले पछि परेको थियो। रोमन यारेमचुक र एन्ड्रिली यार्मोलेन्कोले युरो २०२० को फाइनलमा युक्रेनको स्थान सुरक्षित राखेका छन्।

प्रतिस्पर्धामा तेश्रो स्थानमा रहेको सर्बियालाई रोक्न फर्नान्डो सान्टोसका खेलाडीले लिथुआनिया र लक्जमबोर्गलाई अन्तिम दुई खेलमा पराजित गर्नुपर्नेछ। तर पोर्चुगलका हेड कोचले टिमलाई कठिनाइ भएको बताएका छन्।

“हामीले केहि सम्भावनासहित राम्रो सुरूआत गरेका थियौं। त्यसपछि उनीहरूले गोल गरे,” कोच सान्टोसले भने, “हामीले प्रतिक्रिया जनाउने प्रयास गर्‍यौं तर युक्रेन जति अघि आउँथ्यो हामीलाई त्यति नै कठिनाइ हुन्थ्यो।मध्यान्तरअघि मैले सुधार ल्याउने प्रयास गरें र हामीले सुधार पनि गर्‌यौं तर २० गोलमा मध्यान्तर भयो। त्यो २१ हुनुपर्थ्यो।

हामीले मनदेखि धेरै र दिमागले थोरै खेल्यौं। मध्यान्तरपछि मैले उनीहरूलाई दिमागले बढि खेल्न आग्रह गरें। प्रतिरक्षा बलियो बनाउन पनि लगाएँ। ध्यान केन्द्रित गर्न भनें।” 

“अब हामीले अर्को दुई खेल जित्नुपर्छ। दुवै खेल फाइनलजस्तै हो।”

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, असोज ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्