Kathmandu Press

चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, वैशाख १२ : स्थानीय तहको निर्वाचनका विषयमा भएको सहमतिअनुसार, तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।

पाँच दलीय गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो। आज उम्मेदवारीको अन्तिम दिन सबै स्थानीय तहमा तालमेलको प्रयास गर्न छलफल हुने जनाइएको छ।

आइतबार पनि तालमेलका विषयमा छलफल भएको थियो। आइतबारको बैठकले गठबन्धनबाहेकका दलबीच तालमेल नगर्ने निर्णय गरेको थियो।

यससँगै वडा तहसम्म तालमेलका लागि प्रयास गर्ने निर्णय भएको थियो। तालमेलका भएका स्थानीय तहमा सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।

वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म तोकेको छ।

उम्मेदवारी दर्ताको समय दिइएको पहिलो देशभर १० हजारभन्दा बढी उम्मेदवारी दर्ता भएको छ। पहिलो दिन ठूलो दलहरुले उम्मेदवारी दर्ता गरेका छैनन्।

ठूला दलहरु अन्तिम चरणसम्म सहमतिको प्रयास गरिरहेका छन्। आज सहमति हुन सकेको ठाउँमा सहमति गर्ने र सहमति हुन नसकेको ठाउँमा स्वच्छ प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको छ।

त्यसअघि गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पाँचै दलका शीर्ष नेता सहभागी हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:०५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्