कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
महेन्द्रनगर, वैशाख १२ : स्थानीय चुनावका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेलको सहमति भएको छ।दुवै दलबीच भएको सहमतिअनुसार, कञ्चनपुरका...
महेन्द्रनगर, वैशाख १२ : स्थानीय चुनावका लागि कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेलको सहमति भएको छ।
दुवै दलबीच भएको सहमतिअनुसार, कञ्चनपुरका नौ स्थानीय तहमध्ये माओवादीले पाँच र एकीकृत समाजवादीले चार स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनेछन्।
यससँगै जिल्लाका सबै वडामा पनि तालमेलको सहमति भएको छ। कञ्चनपुरमा ९२ वटा वडा रहेका छन्।


प्रकाशित मिति: ०७:३७ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











