Kathmandu Press

सल्यानमा गठबन्धन ताेड्दै माओवादीले दियाे एकल उम्मेद्वारी

काठमाडाैं, बैशाख ११ : नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भन्दै एकल उम्मेद्वारी दर्ता गरेकाे छ।प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेकाे...
सल्यानमा गठबन्धन ताेड्दै माओवादीले दियाे एकल उम्मेद्वारी

काठमाडाैं, बैशाख ११ : नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भन्दै एकल उम्मेद्वारी दर्ता गरेकाे छ।

प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेकाे समयमा माओवादीले गठबन्धन तोड्दै एकल उम्मेदवारी दर्ता गरेको हाे।

माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको छ।

माओवादीले अध्यक्षमा निमबहादुर केसी, उपाध्यक्षमा जुना मल्ललाई उम्मेदवार बनाएको छ। केसी यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका थिए।

त्यस्तै वडा नं. १ मा टङ्क ओली, वडा नं. २ मा सार्की खत्री, वडा नं. ३ मा पोखरबहादुर खत्री, वडा नं. ४ मा चन्द्रबहादुर रावत, वडा नं. ५ सुदिप केसी र वडा नं. ६ मा देवी केसीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

माओवादीले अन्य पालिकाहरुमा पनि भोलि एकल उम्मेदवारी दिने तयारी गरेको छ।

प्रकाशित मिति: २०:५० बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्