Kathmandu Press

धादिङमा बस र कार एक आपसमा ठोक्किँदा ४ भारतीयसहित ५ जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : धादिङमा बस र कार एक आपसमा ५ जनाको मृत्यु भएको छ ।थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर...
धादिङमा बस र कार एक आपसमा ठोक्किँदा ४ भारतीयसहित ५ जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : धादिङमा बस र कार एक आपसमा ५ जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कारमा सवार ४ भारतीय र कार चालकको मृत्यु भएको हो।  

काठमाडौंबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन्। दुर्घटनामा कार चालक तनहुँका दिलबहादुर बस्नेतको पनि मृत्यु भएको छ।

बसमा सवार जिल्ला धादिङ निलकण्ठ न.पा ११ बस्ने बर्ष २४ को राम परियार अनुहारमा चोट ट्रमा सेन्टरमा उपचार भई रहेको छ । 
 

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्