युरोपका ५ सय नेपाली रेष्टुराँमा भ्रमणवर्ष २०२० को प्रर्वद्धन गरिने
काठमाडौं, असोज २९ : युरोपभरका ५ सय नेपाली रेष्टुराँमा नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन कार्यक्रम गरिने भएको छ।
युरोपभर नेपाली रेष्ट....

काठमाडौं, असोज २९ : युरोपभरका ५ सय नेपाली रेष्टुराँमा नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन कार्यक्रम गरिने भएको छ।
युरोपभर नेपाली रेष्टुराँको संख्या ५ सयको हाराहारीमा रहेको तथ्यांक सार्वजनिक गर्दै नेपाल पर्यटन बोर्ड र बेलायत स्थित नेपाली दुतावासले यस्तो कार्यक्रम अघि सारेका हुन्।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर ५ सय रेष्टुराँमा प्रर्वद्धनको कार्यक्रम गर्न लागिएको एक्सपिरियन्स नेपाल प्रवद्र्धन कार्यक्रमका संयोजक दिपेश साक्यले जानकारी दिए । ‘युरोपमा मात्रै ७ सय रेष्टुराँ रहेको अनुमान रहेको र अहिले ५ सयको तथ्यांक आएकोले सोही रोष्टुराँमा भिजिट २०२० को प्रवद्र्धन अभियान चलाउन लागिएको हो’ शाक्यले भने।
अहिले युरोपबाट सुरु गरिने कार्यक्रम अमेरिका, क्यानडा, चीन तथा अन्य मुलुकमा समेत गर्ने तयारी भएको साक्यले बताए। ‘दुतावासहरुले प्रवद्र्धन गर्दा एकपटक मात्रै हुने हो, तर नेपाली रोष्टुराँमा प्रवद्र्धन गर्दा सधैका लागि हुन्छ,’ संयोजक शाक्यले भने।
नेपाली खाना र भिजिट २०२० को प्रवद्र्धन एकैसाथ हुने भएकोले पनि यो अभियान सुरु गरिएकोे उनले जानकारी दिए ।










-1754206481.jpg)
