नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने
काठमाडाैं, वैशाख ९ : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ।शुक्रबार काठमाडौंमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं...
काठमाडाैं, वैशाख ९ : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ।
शुक्रबार काठमाडौंमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ।
त्यस्तै ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रुपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए। बैठकले जेठ २२ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि निर्देशिका समेत पारित गरेको छ।
राष्ट्रिय खेलकुदमा अनुमानीत ६ हजार ८ सय खेलाडी , एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र एक हजार निर्णायक रहने घिसिङले बताए।
त्यस्तै १९ औं एशियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने निर्णय भएको छ। बैठकले चीनमा हुने एशियन गेम्सका लागि चाँडै खेलाडीको तयारी पनि सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए। एशियाली खेलकुदमामा १५० खेलाडी, २८ प्रशिक्षक, २० व्यवस्थापक सहभागी हुने अनुमान गरिएको घिसिङले बताए।
राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्ने निर्णय गरेको छ भने जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ।











