तेस्रो मदन भण्डारी स्मृति रोड रेस शनिबार हुने
काठमाडाैं, वैशाख ८ : रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने...
काठमाडाैं, वैशाख ८ : रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ।
प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए। उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ।
खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी छात्रछात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु. ३ हजार पुरस्कार पाउनेछन्। दौड ठमेलस्थित छाया सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिनेछ।
प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











