Kathmandu Press

ओसासुनामाथि रियलको जित, रोकियो एट्लेटिको

काठमाडौं, वैशाख ८ : स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ। गइराति भएको खेलमा रियलले ओसासुनाको घरेलु मैदानमै ३–१ ले हरायो।रियलको...
ओसासुनामाथि रियलको जित, रोकियो एट्लेटिको

काठमाडौं, वैशाख ८ : स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ। गइराति भएको खेलमा रियलले ओसासुनाको घरेलु मैदानमै ३–१ ले हरायो।

रियलको जितमा डेभिड अलाबा, मार्को ओसेन्सियो र लुकास भास्क्वेजले गोल गरे। त्यस्तै, ओसासुनाका एन्टे बुडमिरले गोल गरे।

खेलको १२औं मिनेटमा अलाबाको गोलमा रियलले अग्रता लियो। त्यसको एक मिनेट नबित्दै ओसासुनाले बराबरी गोल फर्कायो। ओसासुनाका बुडिमिरले गोल गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा ओसेन्सियोले गोल गर्दै खेलमा रियललाई पुनः अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयको छैठौं मिनेटमा भास्क्वेजले गोल गरेपछि रियलले ३–१ को सहज जित निकाल्यो।

अर्को खेलमा एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ। एट्लेटिको रेलिगेसन जोनमा रहेको ग्रानडासँग गोलरहित बराबरीमा रोकिएको हो।

यस्तै, भिल्लारियलले भ्यालेन्सियामाथि २–० को जित निकाल्दा गेटाफेले पनि सेल्टाभिगोलाई २–० ले नै हरायो।

जितपछि रियलले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ। ३३ खेलमा रियलको ७८ अंक छ भने ३३ खेलमै एट्लेटिको ६१ अंक जोडेको छ। यता, २ खेल कम खेलेको बार्सिलोना ६० अंकसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्