सुनको मूल्य प्रतितोला रु. ५०० ले बढ्यो
काठमाडाैं, वैशाख ५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. १ लाख २ हजार ५ सय तोकिएको छ।...
काठमाडाैं, वैशाख ५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. १ लाख २ हजार ५ सय तोकिएको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. १ लाख १ हजार ५ सय थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५ ले बढेर रु. १ हजार ४ सय २० पुगेको महासंघले जनाएको छ। बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ।
विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ।











