Kathmandu Press

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौं, वैशाख ५ : इंग्यान्डको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्।वेम्बलीमा आइतबार राति भएको खेलमा...
एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौं, वैशाख ५ : इंग्यान्डको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्।

वेम्बलीमा आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि चेल्सीले २–० को जित निकालेसँगै उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने पक्का भएको हो।

चेल्सीको जितमा रुबिन लोफ्टस चिक र मेसन माउन्टले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो।

खेलको ६५औं मिनेटमा रुबिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटमै माउन्टले गोल गर्दै खेल २–० मा पुर्‍याए। बाँकी समय दुवै टोलीबाट गोल हुन सकेन।

यसअघि म्यान्चेस्टर सिटीलाई ३–२ ले हराउँदै लिभरपुल फाइनल पुगेको हो।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्