नेपालले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं, वैशाख ४ : एएफसी एसियन कप छनोटका लागि तयारी गरिरहेको नेपाली फुटबल टिमले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल...
काठमाडौं, वैशाख ४ : एएफसी एसियन कप छनोटका लागि तयारी गरिरहेको नेपाली फुटबल टिमले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएअनुसार नेपालले अफगानिस्तानविरुद्ध जेठ ११ र १५ गते कतारमा दुई मैत्रपूर्ण खेल खेल्ने भएको हो ।
नेपाली फुटबल टोली अहिले बन्द प्रशिक्षणमा छ । नेपालले अहिलेसम्म अफगानिस्तानसँग ६ खेल खेलेको छ । जसमध्ये तीन खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । एक खेल हारेको छ ।
प्रकाशित मिति: २०:१८ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











