एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण जारी
काठमाडाैं, वैशाख ३ : नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन्। आगामी जुनमा आयोजना...
काठमाडाैं, वैशाख ३ : नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन्। आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरुले राखेका छन्।
फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भए पनि आफूहरु लड्न जाने र सकारात्मक नजिताको आशामा रहेको बताए।
नेपाली टोलीका उपकप्तान रोहित चन्दले टिमको फोकस एसियन छनोटमा रहेको र राम्रो योजनाहरु तयार भएको बताए। उनले नेपालले खेल्ने तीनै टिम बलियो भएको बताए।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो दिन नै नेपाल एसियन कपमा छनोट हुन नसक्ने विषयमा उनले खेलाडीको हौसला बढाउन यस्तो धारणा आएको हुन सक्ने बताए। फुटबलको विकासका लागि मुख्य ध्यान भनेको ग्रासरुटमा गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै टिमका खेलाडी सुजल श्रेष्ठले यसअघिको नजितालाई हेरेर नभई टिमलाई नयाँ ढंगले मजबुद बनाउदै अघि बढ्ने बताए । कोचका कुराले कन्फिडेन्स विल्डअप गर्न काम भएको उनले बताए। त्यस्तै खेलाडी नवयुग श्रेष्ठले आफुलाई पहिलाको फर्ममा आउन राम्रो मौका रहेको बताए।
एएफसी एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ। छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।











