Kathmandu Press

लियोनलाई हराउँदै वेस्टह्याम सेमिफाइनलमा  

काठमाडौं, वैशाख २ : युरोपा लिग फुटबल अन्तर्गत भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब वेस्टह्यामले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको...
लियोनलाई हराउँदै वेस्टह्याम सेमिफाइनलमा  

काठमाडौं, वैशाख २ : युरोपा लिग फुटबल अन्तर्गत भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब वेस्टह्यामले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। 

बिहिबार भएको दोस्रो लेगमा वेस्टह्यामले ३-० को  जित निकाल्दै समग्रमा ४-१ को नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो । अब फाइनल प्रवेशका लागि वेस्टह्यामले फ्रयान्कफर्टको सामना गर्ने छ। पहिलो लेग १-१ गोलको बराबरी भएपछि दोस्रो लेग निर्णायक मानिएको थियो। 

तनावपूर्ण देखिएको खेलमा डेभिड मोयसको वेस्टह्यामले ३८ औं मिनेटमा डवासनको गोलबाट सुरुवाती अग्रता लिएको थियो। त्यस्तै राइसले ४४ औं मिनेटमा अग्रता दोब्बर बनाए। टीमका लागि तेस्रो गोल बोवनले गरे। 

यस्तै युरोपा लिगकै अन्य क्वाटरफाइनल खेलमा रेन्जर्सले स्पोर्टिङ ब्रगालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। त्यस्तै अर्को खेलमा लेइपजिङले एट्लान्टालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

प्रकाशित मिति: ०८:१९ बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्