स्वामी शिवानन्द विश्वकै पाका पुरूष !
सन् १८९६ मा जन्मिएको बताउने एक पुरूषले राहदानी देखाएर विमानस्थलका कर्मचारीलाई छक्क पारेका छन्। दाबी पुष्टि भए १२३ वर्ष पुगेका ती पुरूष विश्वकै पाका व्यक्ति हुनेछन्।
सन् १८९६ मा जन्मिएको बताउने एक पुरूषले राहदानी देखाएर विमानस्थलका कर्मचारीलाई छक्क पारेका छन्। दाबी पुष्टि भए १२३ वर्ष पुगेका ती पुरूष विश्वकै पाका व्यक्ति हुनेछन्।
भारत, बेहालाका स्वामी शिवानन्दलाई एक जना आध्यात्मिक गरूले हुर्काएका थिए। उनी आफ्नो जीवन योगमा समर्पित गरेका छन्। मरमसाला नभएका खाना खान्छन् र सादा जीवन बिताउँछन्। शिवानन्द कोलकातादेखि लन्डन जाँदै थिए।
आबुधाबी विमानस्थलमा “स्टपओभर” हुँदा त्यहाँका कर्मचारीले उनको राहदानी देखें। त्यसमा उनको जन्म मिति अगष्ट ८, १८९६ उल्लेख गरिएको छ।
उनको जन्म मितिको सत्यतथ्य खुलेको छैन। आमाबाबुको मृत्युपछि आफन्तले उनलाई छाडेका थिए। उनको जन्मसम्बन्धी एकमात्र अभिलेख मन्दिरको दस्तावेज मात्रै हो। राहदानीमा उल्लेख गरिएको मिति सहि ठहरिए वाराणसीमा बस्ने शिवानन्द हालसम्मकै पाका व्यक्ति बन्ने छन्।
उनले यसअघि भनेका थिए,“अनुशासन नै जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो। खानापिनाको आनाबाणी, व्यायाम र यौन चाहनामा अनुशासित भए संसारमा जहिले पनि जित हात पर्नेछ। गरिबीमा जन्मिएकाले मैले जीवनमा ठूलो कुरा केही मागिनँ।”
“आजभोलि मानिसहरू दु:खी, अस्वस्थ र बेइमान भएका छन्। यसले मलाई धेरै दु:ख दिएको छ। म खुशी, स्वस्थ र शान्तिपूर्वक बस्न चाहन्छु,' उनले भने।
शिवानन्द अहिले आफूलाई विश्वकै पाका व्यक्ति पुष्टि गराउने प्रयासमा लागेका छन्। उनी आफ्नो नाम गिनिज बुकमा रेकर्ड लेखाउन चाहन्छन्। तर गिनिजले उनलाई योग्य माने वा नमाने पनि उनको जीवनशैलीले उनलाई स्थानीय सेलेब्रिटी बनाइसकेको छ।
उनी जीवनबारे अन्तर्वार्ता र लेक्चर दिन यात्रा गरिरहन्छन्। भारतभरिका मानिसहरू शान्ति र दीर्घायुको खोजिमा उनी कहाँ धाउने गर्छन्।
विश्वकै पाका व्यक्तिको आधिकारिक पदवी ज्याँ काल्मेन्तसँग छ। सन् १९९७ मा मृत्यु हुनुअघि उनी १२२ वर्ष पुगेकी थिइन्।