बायर्न क्वार्टरफाइनलबाटै बाहिरियो
काठमाडाैं, चैत ३० : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुबटलको क्वार्टरफाइनलबाटै प्रवेश गरेको छ। स्पेनिस क्लब भिल्लारियलसँग समग्रमा २–१ले पराजित हुँदै बायर्न...
काठमाडाैं, चैत ३० : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुबटलको क्वार्टरफाइनलबाटै प्रवेश गरेको छ। स्पेनिस क्लब भिल्लारियलसँग समग्रमा २–१ले पराजित हुँदै बायर्न क्वार्टफाइनलबाटै बाहिरिएको हो।
पहिलो लेगमा १–०ले पछि परेको बायर्न दोस्रो खेलमा १–१को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको हो। मंगलबार राति भएको खेलमा जिततर्फ उन्मूख भएको बायर्नले अन्तिम समयमा गोल खाएपछि १–१काे बराबरीमा आयो, तर उ समग्रमा २–१ले पछि पर्दै प्रतियोगिताबाट बाहिरियो।
बायर्नलाई स्तब्ध बनाउँदै भिल्लारियललाई सेमिफाइनल यत्रा तय गराउने क्रममा नायक भने सामुयल चुक्वेसा रहे। उनले खेलको अन्त्यतिर भिल्लारियलका लागि निर्णायक गोल गरे।
एलिएन्ज एरेनामा रोवर्ट लेवान्डोस्कीले ५२औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर, सकिन दुई मिनेटमात्र बाँकी छँदा चुक्वेसाले गोल गर्दै बायर्नलाई स्तब्ध बनाए ।
योसँगै भिल्लारियल सन् २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइलन पुग्यो।











