स्ट्रिट वर्कआउट प्रतियोगिता वैशाख ३ मा हुने
काठमाडाैं, चैत २८ : स्ट्रिट वर्कआउट प्रतियोगिता वैशाख ३ गते आयोजना हुने भएको छ।आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार...
काठमाडाैं, चैत २८ : स्ट्रिट वर्कआउट प्रतियोगिता वैशाख ३ गते आयोजना हुने भएको छ।
आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाडाैंको सानो गौचरनको फुटबल मैदानमा वैशाख ३ गते हुने जानकारी दिएको हो।
स्ट्रिट वर्कआउट अर्थात खुल्लाव्ययामको प्रवर्धन गर्ने उद्देश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा प्रतिष्पर्धा हुनेछ। विधामा पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू–१६ गरि चार समूहमा खेल हुनेछ।
प्रतियोगितामा देशभरबाट ३ सय ५० देखि ४ सय खेलाडीको सहभागिता हुने र फाइनलमा २ सय खेलाडी छनोट गर्दै प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ। बार वर्कआउट र सर्किट वर्कआउट विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडी ’फिटेस्ट एथेलिट’ को विजयी हुने छन् । ’फिटेस्ट एथेलिट’ को उपाधि जित्ने खेलाडीले ५१ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्नछन्।
यस्तै पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू-१६ का प्रत्यक समूह विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन्।











