एसियन कप फुटसल छनाेट : नेपाल समूह चरणबाट बाहिरियो
काठमाडाैं, चैत २८ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ।नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो। लगातार दोस्रो खेलमा...
काठमाडाैं, चैत २८ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ।
नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो। लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए।
दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो। नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए।
यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो। समूह ‘बी’ मा रहेको नेपालले अब मंगलबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ।
प्रकाशित मिति: १६:३१ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











