बास्केटबल लिग जेठ ७ देखि
काठमाडाैं, चैत २७ : तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठमा हुने भएको छ। नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग...
काठमाडाैं, चैत २७ : तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठमा हुने भएको छ। नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुने भएको हो।
त्यस्तै महिला तर्फ लिग भने जेठ १८ बाट सुरु हुने आयोजकले जनाएको छ। लिगमा प्लेअफका खेलहरु असर ३२ बाट सुरु हुने र फाइनल साउन ७ मा खेलाईनेछ। दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो। लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे गरेर खेलिने छ। शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन्।
प्रतियोगीतामा पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् । लिगमा पुरुषतर्फ ६ टिमको सहभागिता रहनेछ। टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब. रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको सहभागिता हुनेछ।
महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको आयोजकले जानकारी गरेको छ। एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन्। पुरुष तर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने आयोजकको भनाई छ।











