Kathmandu Press

एसियन कप छनोट फुटसल : पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं, चैत २७  :  कीर्गिस्तानमा जारी एसियन कप छनोट फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार बिहान भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ४–१...
एसियन कप छनोट फुटसल : पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं, चैत २७  :  कीर्गिस्तानमा जारी एसियन कप छनोट फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार बिहान भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ४–१ को फराकिलो अन्तरले पराजित भयो ।

खेलमा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई गोल गरे भने खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक गोल गरे । नेपालका मणि लामाले सान्त्वना गोल गरे। 

सुरुआतमै ३ गोल गरेपछि नेपाल दबाबमा परेको थियो । तर, मणि लामाले गोल गरेपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो । पहिलो गोल गरेपछि नेपालले लगातार गोलका दुई राम्रो अवसर सिर्जना गरेको थियो, दुवै सट पोस्टमा ठोकिएको थियाे। तर, त्यसपछि दुई गोल गदैृ उज्वेकिस्तान विजयी भयो। 

एएफसी फुटसल एसियन कप छनोट सेन्ट्रल र साउथ जोनमा नेपाल 'बी' मा छ । यो समूहमा नेपालसँगै उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन्।

प्रतियोगिताम कम्तिमा एउटा खेल जित्ने लक्ष्य बनाएको नेपालले दोस्रो खेल चैत २८मा ताजिकिस्तान तथा अन्तिम खेल अफगानिस्तानसँग चैत २९ गते खेल्ने छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्