Kathmandu Press

इटहरी गोल्डकपको उपाधि सगरमाथा क्लबलाई, आर्मी पेनाल्टीमा पराजित

इटहरी गोल्डकपको उपाधि सगरमाथा क्लबलाई, आर्मी पेनाल्टीमा पराजित

काठमाडौं, चैत २६ : १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि मोरङ विराटचोकको सगरमाथा युथ क्लबले जितेको छ। इटहरी रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ४–३ले हराउँदै सगरमाथा क्लबले उपाधि जितेको हो।

प्रतिस्पर्धात्मकको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, सत्यम शर्मा र मिलन राईले गोल गरे भने गोलकिपर प्रिसोको प्रहार। बाहिरिएको थियो । 

यता आर्मीका टेकबहादुर बुढाथोकी, विकाश खवास र विवेक बस्नेतले गोल गर्दा गौतम श्रेष्ठको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले बचाए भने सन्तोष तामाङको प्रहार बाहिरिएको थियो । 

सगरमाथाले उपाधिसँगै ७ लाख रुपैयाँ प्राप्त गर्दा आर्मीले ३ लाख ५० हजार रुपैयाँ पायो।

प्रकाशित मिति: १९:२७ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्